काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू कहिल्यै एमालेमा नफर्किने स्पष्ट पारेका छन् । पार्टीभित्र अनेकन् मतभेद हुनु स्वभाविकै हो । यसलाई छलफल र संवादको माध्यमबाट हल गरिनुपर्छ ।
तर, एमालेमा फर्किन लागेको प्रचार बदनियतपूर्ण भएको र यसमा कुनै सत्यता नभएको खनालले प्रष्ट पारेका हुन् । ‘एमालेमा जान लागेको प्रचार भएको मैले पाएँ । यो एकदमै बदनियतपूर्ण कुरा हो । एमालेमा जाने कुनै सम्भावना छैन । पार्टी विभाजन गरेर एमाले जाने कुरा मबाट हुँदैन’, –उनले भने ।
पार्र्टीभित्र तीव्र मतभेदकाबीच खनाल एमाले फर्किन लागेको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा