काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू कहिल्यै एमालेमा नफर्किने स्पष्ट पारेका छन् । पार्टीभित्र अनेकन् मतभेद हुनु स्वभाविकै हो । यसलाई छलफल र संवादको माध्यमबाट हल गरिनुपर्छ ।
तर, एमालेमा फर्किन लागेको प्रचार बदनियतपूर्ण भएको र यसमा कुनै सत्यता नभएको खनालले प्रष्ट पारेका हुन् । ‘एमालेमा जान लागेको प्रचार भएको मैले पाएँ । यो एकदमै बदनियतपूर्ण कुरा हो । एमालेमा जाने कुनै सम्भावना छैन । पार्टी विभाजन गरेर एमाले जाने कुरा मबाट हुँदैन’, –उनले भने ।
पार्र्टीभित्र तीव्र मतभेदकाबीच खनाल एमाले फर्किन लागेको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल