काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले चुस्त संगठन र आत्मनिर्भर पार्टी सदस्यको अवधारणा अघि सारेका छन् । माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशको पहिलो चरणको समीक्षा बैठकमा इन्चार्ज शर्माले यस्तो अवधारणामा जोड दिएका हुन् ।
‘जसरी सामाजिक विकृति र पुरातन राजनीतिक अन्त्य गर्न हामीले परिवर्तनको नेतृत्व गर्यौँ, अब त्यसैगरी गरिबी अन्त्यको लडाइ पनि यही पार्टीले लड्नु पर्छ’, अभियानको पहिलो समीक्षा बैठकमा शर्माले भने, ‘नछुटाउने महत्त्वपूर्ण कुरा हो यो । गरिबी अन्त्य कसरी सम्भव छ भन्ने विषय खोतल्दा सबैभन्दा पहिले हाम्रो व्यवस्थापकीय कला क्षमतामाथि प्रश्न उठ्छ ।’
शर्माले युवा पलायनलाई निकट भविष्यको डरलाग्दो तस्बिरसँग दाँजेर हेर्न सकिने बताए । ‘अहिले केही समय रेमिट्यान्स त आउला । तर जनशक्ति टिकाउन नसक्ने देशको भविष्य अन्धकार हुन्छ । हामीले उद्यम र रोजगारका क्षेत्रमा कुनै असाधारण कदम चाल्न सकेनौँ भने भावी पुस्ताले धिक्कार्ने छ’, शर्माले भने ।
उनले सबैभन्दा पहिले आफूभित्रको जनशक्तिको क्षमता अभिवृद्धि जरुरी रहेको बताए । उनले जनताले हेर्न र बुझ्न सक्ने समाजवाद चाहियो भनिरहेका उल्लेख गर्दै अब किताबको समाजवादले मात्रै जनताको आवश्यकता पुरा नगर्ने बताए ।
‘समाजवादको गफमा जनता अलमलिने दिन गइसके, त्यसैले सबैभन्दा पहिले हामी क्षमतावान् र सक्षम बन्नुपर्छ ।’पार्टीले उदाहरणीय काम गरेपछि मात्रै जनताले विश्वास गर्ने अवस्था आउने भन्दै शर्माले आगामी समय व्यवहारिक समाजवादको समय भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा