काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाकाे शिवसताक्षी नगरपालिका-११ दुधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनि ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो ।
झापाकै मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बिर्तामोड नगरपालिका-६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुरकाे त्रियुगा नगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठाडी बस्ने ३२ वर्षीय हरि कुमार निरौला, ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ