सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नेपाल आयल निगम

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १४ : ०३
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका हुन् । 

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए ।

 उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए ।  उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस