काठमाडौँ । भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको हो। सोमबार वृद्ध भत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते भएका थिए।
यस्तै, दाङको लमही नगरपालिका-९ स्थित महेन्द्र राजमार्गमा काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५ः४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइते भएकाहरूको नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज अस्पताल ल्याउन सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
सांसद बनेका पाँच पूर्व सुरक्षाकर्मीप्रति सेनाभित्रै किन बढयो चासो ?
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो