दाङ । काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दाङमा दुर्घटनामा परेकाे छ।
पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।
दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ।
गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाकाे कारण भने अझै खुलिसकेकाे छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते