सल्यान । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान सवा ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो ।
मृतकको पहिचान हुन भने सकिरकेको छैन । घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते