नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, १६ : २५
नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी रहेका छन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाएका छन् ।

 

महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधिका रुपमा सहभागी छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।  अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ  दाबेदारी रहेको छ ।उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् ।  संघको महाअधिवेशन सोमबारसम्म चल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस