काठमाडौ । मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक ६० हजार हुने प्रलोभन पारी तीन लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए।
तीन लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए।
पक्राउ धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ