आज प्रेस काउन्सिलको काम कारबाही बन्द

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, ०७ : ०७
आज प्रेस काउन्सिलको काम कारबाही बन्द

काठमाडौं । आज प्रेस काउन्सिल नेपालको सम्पुर्ण काम कारबाही बन्द हुने भएको छ ।

प्रेस काउन्सिलको बार्षिकोत्सबको अवसरमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई सार्वजनिक विदा दिए पछि सम्पुर्ण काम कारबाही बन्द हुन लागेको हो ।

हिजो काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले  आइतबार सार्वजजिक विदा दिएको जनाइएको छ ।

काउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट विदा दिने व्यवस्था गरिएको छ । सोही विनियमावली अनुसार कार्यालय बन्द रहने शनिबार काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस