हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैन : केपी ओली

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, १९ : ५७
हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैन : केपी ओली

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् ।

उनले हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने विषय नभएको तर्क गरे । उनले सरकारले राजनीतिको अपराधस्करण र अपराधीको राजनीतिकरण गरिरहेको टिप्पणी गरे । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ति जनाए ।

उनले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस