‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ’: अध्यक्ष ओली

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०८२, ११ : ११
‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ’: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन्।बुधवार नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन्।

‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली-हाम्रो शक्ति हो,’ उनले भनेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाऔँ । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ ।’ उनले लेखेका छन् 

सन्देशमा उनले आफ्नो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस