काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चीन जाँदैछन्। संयुक्त राष्ट्रसंघको महासभालाई आज सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाटै चीन जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सि चिनफिङसँग भेट्नेछन्। त्यहाँ २३ सेप्टेम्बरमा हुने १९ औं एसियन खेलकुदको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच भेटवार्ता हुने परराष्ट्रले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गरी ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १६ : ०९
लेखकबाट थप