फरक क्षमता भएका बालबालिकाका निम्ति गर्ने विशेष कार्यक्रमको तयारी पूरा

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, ०९ : ५९
फरक क्षमता भएका बालबालिकाका निम्ति गर्ने विशेष कार्यक्रमको तयारी पूरा

काठमाडौं । सामाजिक कार्यमा अग्रणी रहेको नेपाल सैनिक श्रीमती संघले शुक्रबार फरक क्षमता भएका बालबालिकाका निम्ति गर्ने विशेष कार्यक्रमको तयारी पूरा भएको छ। 

यस्ता  बालबालिकाका निम्ति स्थापना गर्न लागेको दिवा विद्यालयको सहयोगार्थ विशेष कार्यक्रम आर्मी अफिसर्स क्लवमा गर्न लागिएको र सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन्। त्यसका निम्ति तयार गरिएको टिकट सबै विक्रि भइसकेको आयोजकले जानकारी दियो।

स्ट्यान्ड अप कमेडीका गुरु मानिने मनोज गजुरेलको प्रस्तुती रहनेछ। बरदान फरक क्षमता दिवा विद्यालयको सहयोगार्थ हुने कार्यक्रम सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा सम्पूर्ण तयारी भएको हो।

उक्त कार्यक्रमलाई ‘बरदान सुर–सन्ध्या’ नामाकरण गरिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन चर्चित अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्काले पनि प्रस्तुती दिनेछन्। उक्त कार्यक्रममा सदाबहार सुन्दरीका नामले सुपरिचित अभिनेत्री करिश्मा मानन्धरको पनि प्रस्तुती रहनेछ। 

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले प्रबन्ध लिभेन्स स्टुडियोसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको निर्देशन एलिस कार्कीले गरेका छन्।

सैनिक श्रीमती संघले यसअघि पनि अनेक सामाजिक काम गरेको छ। बलिउड कलाकार सोनाक्षी सिन्हालाई नेपालमा ल्याएर गरेको कार्यक्रमबाट संकलित रकम पनि एकीकृत बस्तीमा दिने कार्य सैनिक श्रीमती संघले गरेको थियो।

सामाजिक सेवाका लागि रकम संकलन गर्ने र विविध क्षेत्रमा सक्रिय संघ संस्थालाई प्रदान गर्दै आएको सैनिक श्रीमती संघले जानकारी दिएको छ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको थियो। धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कोषाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीलाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस