काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन् ।
आज मङ्गलवार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले देश निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए । सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको पौडेलले स्मरण गरे ।
उनले भने, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ । उनी देश निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता हुनुहुन्थ्यो ।’
पौडेलले प्रतीकसहितको गणेशमान पार्कले उनको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताए । उनले गणेशमानको समाप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए । लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्रै नभई जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
पौडेलले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्क व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताए । यो पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट