काठमाडौ । रूपन्देहीको तिलोत्तमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका-९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।
झडपमा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएको उनले बताए ।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप
बारामा झडप, प्रहरीद्वारा आठ राउन्ड गोली फायर
लप्सीफेदीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ९ जना घाइते
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते
तस्करीको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि बाँकेमा झडप, ३ जना घाइते