क्यानडा । गैर आवासीय नेपाली संघ९एनआरएनए०को अक्टोवर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकि छन ।
एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन ।
उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकि छन । गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन ।
केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन । लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताऊछिन ।
विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की