नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, ११ : ४६
नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

काठमाडौं । आइतबार बसेको नेपाल एसबिआई मर्चेण्टको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोख्रेललाई नियुक्त गरेको छ ।

यसअघि पोख्रेलले नेपाल एसबिआई बैंक लि.को वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने भन्नेमा मर्चेण्टले विश्वास गरेको छ । 

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस