काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्।
शनिवार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए।
उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेकोजस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे।
उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको बताए। उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपीमाथिको अन्याय भएको बताए। उनले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताए।
उनले भने, ‘महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ। महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय हो। बिपी मान्छे हो, मान्छेभित्रका कुरा हामीले बुझ्नुपर्छ।
बिपीले म मान्छे हुँ भनिरहनुभएको छ– मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौँ, त्यो अन्याय हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा