लोकतन्त्र र गणतन्त्रको झन्डा कम्युनिष्टहरुले उठाएको हो : योगेश भट्टराई

आइतबार, १९ कार्तिक २०७४, १५ : १०
लोकतन्त्र र गणतन्त्रको झन्डा कम्युनिष्टहरुले उठाएको हो : योगेश भट्टराई


ताप्लेजुङ । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदका लागि वामगठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले लोकतन्त्र र गणतन्त्रको झन्डा कम्युनिष्टहरुले उठाएको बताएका छन् । कम्युनष्टिहरुको संघर्ष र आन्दोलनको जगमा नेपालमा गणतन्त्र र लोकतन्त्र आएको उनको भनाई छ ।

ताप्लेजुङ सदरमुकामको तक्मेबजारमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले अब एमाले र माओवादी केन्द्रले आगमी ५० बर्ष मुलुक चलाउने दाबी गरे । तर, वाम गठबन्धनले कसैलाई पनि निशेष नगर्ने बताए । उनले भने, ‘अबको कांग्रेसको भाग भनेको प्रतिपक्षमा बस्ने हो । हामी ५० बर्ष मुलुकलाई चलाउछौं । तर, कसैलाई निषेध गर्दैनौं ।
सचिव भट्टराईले निर्वाचनमा वामपन्थीहरुको २ तिहाई मत आउने दाबी गरे । दुई तिहाई सहितको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने समेत बताए । सचिव भट्टराईले ताप्लेजुङ सबै हिसाबले सुन्दर र धनी भएको भन्दै स्वर्गको टुक्राको रुपमा समृद्ध बनाउने बताए । ताप्लेजुङलाई देशकै समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने , 'आगामी पुष महिनामा वामपन्थिहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।’

 

प्रतिक्रिया दिनुहोस