एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, ११ : २०
एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् ।

श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको भारत र लगातार दुई हारसहित सुपर फोरबाट बाहिरिसकेको बंगलादेशबिचको आजको खेल औपचारिकता मात्रै हुनेछ । बंगलदेशको लागि भने आजको खेल सुपर फोर चरणमा सान्तोना जित निकाल्ने अवसर बन्नसक्छ । भारतले भने आजको खेललाई फाइनल खेलको वार्म अपको रुपमा लिनेछ ।

एसिया कप क्रिकेटको फाइनल खेल आगामि आइतवार भारत र श्रीलंकाचिब हुनेछ । हिजो भएको निर्णायक खेलमा पाकिस्तानलाई अन्तिम बलमा हराउँदै श्रीलंकाले भारत विरुद्धको फाइनल खेल तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस