काडमाडौँ । स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन् । उनीहरुले नाबालिगसँग यौन सम्पर्क गरेको भिडियो वितरणका लागि प्रयोग गरेको मोबाइल फोन पनि प्रहरीले जफत गरेको छ । पक्राउ गरेका तीनैजना खेलाडीलाई न्यायालयले भने जमानतमा रिहा गरेको छ ।
ती नाबालिगको आमाले सेप्टेम्बर ६ तारिखमा दिएको उजुरीका आधारमा प्रहरीले खेलाडीलाई पक्राउ गरेको थियो । ती नाबालिगको उमेर १६ वर्ष रहेको समाचारमा जनाइएको छ । पक्राउ परेका युवा फुटबल खेलाडीले गत जुनमा ती नाबालिगको जानकारी बिना नै भिडियो रेकर्ड गरिएको बयान दिएका छन् ।
तीनैजना खेलाडी रियल म्याड्रिको युथ एकेडेमीको सदस्य हुन् । उनीहरु रियल म्याड्रिडको तेस्रो श्रेणीको क्लबको सदस्य पनि हुन् ।ती तीनजनाका अतिरिक्त उक्त घटनामा अन्य खेलाडीको समेत सहभागिता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ