महाकाली नदीमा हाम फालेका एकजना बेपत्ता

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १२ : २३
महाकाली नदीमा हाम फालेका एकजना बेपत्ता

धनगढी । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले महाकाली नगरपालिका-१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको जानकारी दिए ।

उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ ।

सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

एसएसबीले फर्काएपछि भुुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औचापरिक रुपमा जानकारी प्राप्त नभएको बताए ।

प्रतिक्रिया दिनुहोस