तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, ११ : १८
तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।

प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए ।उनले भने, ‘हाम्रो सरकार बनाउने संसदको अंकगणित पुग्ने भए नेपाली कांग्रेसले आफै सरकार बनाउँथ्यो, दोस्रो दलको नेतृत्वमा बस्दैनथ्यो । एक्लै सरकार चलाउन सक्ने अवस्था नभएकाले वर्तमान सरकारलाई नै साथ दिएर सहकार्य कायम राख्छ ।’

नेपाली कांग्रेसले तत्काल सरकार बनाउने विषयमा नसोंचेको उनले बताए । ‘नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्नुपर्छ, कमजोरी केलाउनुपर्छ र सरकारलाई साथ दिनुपर्छ तर नेपाली कांग्रेसले सरकार परिवर्तन गर्न तत्काल सोंच्ने बेला भएको छैन,’ शर्माले भने ।

नेपाली कांग्रेसका कार्यकर्ताबाट तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिईरहेको भए पनि सरकार परिवर्तन नहुने उनले बताए ।कुनै पनि दलले एकल सरकार बनाउने अवस्था संसदमा नरहेको उनले बताए । ‘सरकारले भ्रष्टाचारका फाईल खोलेको छ, भ्रष्टाचारको अनुसन्धानलाई सघाएर कांग्रेस अगाडि बढ्नुपर्छ,’ उनले भनेको छन ।

शान्ति प्रक्रिया टुंग्याउन आवश्यक नेता नेम्बाङ पत्रकार सम्मेलनको सुरुमै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवम प्रतिनिधिसभा सदस्य सुवास नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन । उनले नेम्बाङ पार्टी दायरा भन्दा बाहिर समेत लोकप्रीय संयम र वर्तमान परिस्थितिमा नेपाली राजनीतिलाई आवश्यक व्यक्ति रहेको बताए ।

उनले एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङ एमालेभित्र मात्र नभई सबै पार्टीका मान्छेले मन पराएका पात्र भएको बताउँदै वर्तमान राजनीतिक परिस्थितिमा उनको अभाव खड्किएको बताए । शर्माले शान्ति प्रक्रियाका काम बाँकी रहेको र राजनीतिक संयमता अपनाउनुपर्ने बेला झनै आएको बेला नेम्बाङको आकस्मिक निधनले राजनीतिक क्षेत्रमा ठूलो क्षती भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस