काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ। भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।
हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।यो समूहले ३०२ किलोग्राम सुन तस्करी गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ। तस्कर समूहले विदेशबाट ६० पटक सुन ल्याएको पाइएको छ।
गत साउन ३ गते हङकङबाट आएको साढे ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यसपछि यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६१ किलो सुन प्रकरण: रोकालाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश