वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, ०९ : २०
वीरगञ्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते

काठमाडौँ । वीरगञ्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदीबन्दी घाइते भएका छन् ।

बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए । उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदीबन्दी रहेका छन् ।

केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदीबन्दी वीरगञ्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदीबन्दी र पहिलादेखि बीरगञ्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।

भक्तपुरबाट गएका कैदीहरुले त्याहाँका नाइकेमाथि आक्रमण गर्नुका बाल सुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस