काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।
फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।
राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।जहाँ उनले पहउलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।
त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
नेपाल आयरल्यान्डसँग पराजित