काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।
फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।
राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।जहाँ उनले पहउलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।
त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट