एजेन्सी । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् ।
महिला विश्वकपको फाइनलमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया हर्मोसोलाई चुम्बन गरेका थिए ।
रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ भदौ २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा
मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए
राज्यमन्त्रीको राजीनामा महिना दिन देखि प्रधानमन्त्री कार्यालयमा किन थन्कियो ?