एजेन्सी । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् ।
महिला विश्वकपको फाइनलमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया हर्मोसोलाई चुम्बन गरेका थिए ।
रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ भदौ २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको राजीनामाको माग
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङले दिए राजीनामा
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव