काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा नेता कार्यकर्ता पुगेका छन् ।
तीन महिनासम्म चल्ने जनतासँग माओबादी विशेष रूपान्तरण अभियान क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ बडामा अहिले माओबाटोको अभियान चलिरहेको छ ।
४०१ बडामा भने अभियान सुरु हुन सकेको छैन ।प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत भदौ १६ गते छ हजार ७४३ बडाको अभियान एकै पटक उद्घाटन गरेका थिए।
अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आआफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेरा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ बडामा अभियान उद्घाटन हुन नसकेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ भदौ २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन