एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत-पाकिस्तान भिड्दै

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १६ : २९
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत-पाकिस्तान भिड्दै

काठमाडौं। एसिया कपको सुपर ४ अन्तर्गत आइतवार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल भइरहेको छ ।जारी एक दिवसीय म्याचको पहिलो पावरप्लेमा भारतले विनाविकेटको क्षतिमा ६१ रन बनाएको छ ।

भारतीय कप्तान रोहित शर्माले ३० बलमा १८ रन र शुभमन गिलले ३० बलमा ४१ रन बनाएर खेलिरहेका छन् । एसिया कपअन्तर्गतको सुपर फोरको म्याच अन्तर्गत भारत र पाकिस्तान भिडिरहेका हुन् ।