काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका-३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् ।
लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दिपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका-१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै चितवन, सातवटै पालिकामा नियन्त्रण महाअभियान सुरु
लागुऔषध नगद सहित काठमाडौँबाट दुई जना पक्राउ
ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवा प्रहरी नियन्त्रणमा
लागुऔषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना पक्राउ
लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध
लागुऔषधसहित एक युवक पक्राउ