काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।‘८ लाख ६६ हजार सदस्य रहेको पार्टी अहिले शिथिल भएको छ।
पार्टीभित्र विभेद भयो, न्याय भएन भन्ने छ’, उनले भने, ‘परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन्। परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन्।’ उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए।
‘वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ’, उनले भने, ‘तर तर वडाको जनप्रतिनिधिको उम्मेदवार छान्दा चाहिँ माथि जान्छ। त्यसैले त्यो अधिकार पनि यहीँ राख्न सक्नु पर्छ।’थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन्।
‘टिकट बाँड्ने अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन्’, उनले भने, ‘सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’
उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा