काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।‘८ लाख ६६ हजार सदस्य रहेको पार्टी अहिले शिथिल भएको छ।
पार्टीभित्र विभेद भयो, न्याय भएन भन्ने छ’, उनले भने, ‘परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन्। परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन्।’ उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए।
‘वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ’, उनले भने, ‘तर तर वडाको जनप्रतिनिधिको उम्मेदवार छान्दा चाहिँ माथि जान्छ। त्यसैले त्यो अधिकार पनि यहीँ राख्न सक्नु पर्छ।’थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन्।
‘टिकट बाँड्ने अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन्’, उनले भने, ‘सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’
उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा