काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
“आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएकाे छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”
कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
बुधबार दिउँसाे रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेकाे थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहमहामन्त्री यादवकाे अहिले ट्रमा सेन्टरमा उपचार भैरहेकाे छ । उनको टाउको पछाडि चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु