भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र सेवाग्राहीवीच झडप भएको हो ।
झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाईसमेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्वन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ