एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन ।
जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन ।
भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिए पछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बिडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना
आज बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना
मध्यरातसम्म राष्ट्रपतिको अग्रसरता, आज बन्ला त चुनावी अन्तरिम नागरिक सरकार ?
संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति
राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी
जेनजी प्रदर्शनबीच राष्ट्रपति सभागृहमा आयोजित कार्यक्रममा सहभागी