न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा [सूचीसहित]

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, १५ : ५५
न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ । 

त्यस्तै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस