बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान भइरहेको छ । चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि मतदान शुरू भएको हो ।

बिहान १० बजेसम्म २८६ मत खसेको निर्वाचन समिति सदस्य भरत पोखरेलले जानकारी दिए । उनका अनुसार १ बजेसम्म मतदान केन्द्र भित्र छिरिसक्नुपर्ने छ ।नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्यूठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक हुँदैछ ।
अध्यक्षका उम्मेदवार कँडेल समूहबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा पुरुषमा बाँकेका दुर्गा चौधरी र महिलामा बर्दियाकी लिला रानाले मत मागिरहेका छन् । रिजालको समूहबाट उपाध्यक्षमा रूपन्देहीका विश्वराज बराल अनुप, उपसचिव पुरुषमा रोल्पाका पूर्ण बुढामगर र महिलामा बसन्ती अधिकारीले मत मागिरहेका छन् ।
सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिन्छन् । लुम्बिनी एमाले अधिवेशनलाई पौडेल र पोखरेलको शक्ति परीक्षणको रूपमा पनि हेरिएको छ । दुवैको गृहप्रदेश लुम्बिनी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान