काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा ८३ सांसद उपस्थित भएको पुष्टि भयो ।
गणपूरक संख्याका लागि ६९ सांसद आवश्यक रहेको र त्यो संख्या पुगेको भन्दै सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभामुखले बिचार गरियोस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् ।
हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे । यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपुरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन ।
अब यो विधेयकमाथि सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह