काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा ८३ सांसद उपस्थित भएको पुष्टि भयो ।
गणपूरक संख्याका लागि ६९ सांसद आवश्यक रहेको र त्यो संख्या पुगेको भन्दै सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभामुखले बिचार गरियोस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् ।
हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे । यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपुरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन ।
अब यो विधेयकमाथि सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग