अर्थतन्त्रमा सकारात्मक सूचांक वृद्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १३ : ५५
अर्थतन्त्रमा सकारात्मक सूचांक वृद्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यका पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको जिकिर गरेका छन् । सोमबार संसदमा नियमित प्रश्नोत्तरको क्रममा उनले कांग्रेसका सांसद उदयशमशेर राणाले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।  

साथै उनले लगानीको वातावरण सकारात्मक भएको, शाेधान्तर घाटामा सुधार आएको, वैदेशिक सञ्चिति रकम बचत भएको छ । कित्ताकाट पूर्ण रूपमा खुला गरिएको जानकारी दिए । 

चीनमा हुने आसन्न भ्रमणमा उत्तरी नाका खोल्ने, सडक ऊर्जा, कृषि, स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहयोगका लागि पहल हुने उनले जानकारी दिए । ‘उपत्यकाको भौतिक पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन भएको छ । शासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रबिन्दु बनाएर सरकारले  काम गरेको छ’, उनले भने, ‘आसन्न चीन भ्रमणमा थप उत्तरी नाका खोल्ने, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आर्थिक साहयताको विषयमा छलफल केन्द्रित हुनेछ । 

राणाले उपत्यकाका बढ्दो सहरी बस्ती व्यवस्थापनका लागि रिङरोड बाहिरका नगर बस्ती जोड्ने, आर्थिक सुधार र चीन भ्रमणबारे प्रश्न सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस