काठमाडौं । सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेटवार्ता भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको हो ।
भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।
उच्चस्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ । नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’
लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे।
लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको सभामुखको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने