इजिप्टको जेट विमानमा भारतीय वायु सेनाले आकाशमै भरिदियो इन्धन

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १३ : ४२
इजिप्टको जेट विमानमा भारतीय वायु सेनाले आकाशमै भरिदियो इन्धन

काठमाडौं। भारतीय वायु सेनाको विमानले आकाशमै इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज (आइतवार) इन्धन भरेको हो ।

'इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,' भारतीय वायुसेनाले भनेको छ । आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने वायुसेनाले जनाएको छ ।

भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका १५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएको रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस