जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन। आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए ।
मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए। उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।
जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत
अब प्रत्येक महिना सय मेगावाट विद्युत् उत्पादन हुन्छ : उर्जामन्त्री बस्नेत
योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न निर्देशन
नदीमा उत्खननसँग गरेको तटबन्धको औचित्य छैन : मन्त्री बस्नेत