माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चन्द्रागिरिबाट सुरु (तस्बिर)

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १४ : ३२
माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चन्द्रागिरिबाट सुरु (तस्बिर)

काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।

दिउँसो चन्द्रागिरि– २ घट्टेडाँडाबाट उनले वडास्तरको अभियानको उद्घाटन गरेका छन् । शुरूमा  उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोपेका छन् । त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ । 

साउनको तेस्रो सात राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले तीन महिने अभियान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ६ हजार ७४३ वडामा अभियान शुरू भएको छ । गएको निर्वाचनमा माओवादीले प्यानलै जितेको हुनाले अभियानको सुरूवाट उक्त वडाबाट गर्न लागिएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस