आम जनता पार्टीद्वारा नेताको जिम्मेवारी बाँडफाँट

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १३ : १५
आम जनता पार्टीद्वारा नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । आमजनता पार्टी (आजपा)ले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा महासचिव उपेन्द्र साहले विभिन्न प्रदेशमा नेताको जिम्मेवारी बाँडफाँटका साथै पार्टीले आयोजना गर्ने संघर्षका कार्यक्रम’bout नेतालाई जिम्मेवारी तोकिएको बताए ।

कोशी प्रदेशमा रामपृत राम इन्चार्ज र हरिप्रसाद पोखरेललाई सहइन्चार्ज जुरीलाल मोचीलाई अध्यक्ष र बिनु किरातीलाई सचिवको जिम्मेवारी तोकिएको छ । मधेस प्रदेशमा सुधिर यादव इन्चार्ज, श्रीचन मुखिया सहइन्चार्ज, उमेश कुशवाहा अध्यक्ष र ममता शर्मालाई सचिवको जिम्मेवारी तोकिएको महासचिव साहले जनाएका छन् ।

बाग्मती प्रदेशमा अरुण घिसिङ इन्चार्ज, ज्ञानेन्द्रकुमार तामाङ सहइन्चार्ज, रमेश थपलिया अध्यक्ष र मीनबहादुर खत्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा तिलक थापामगर इन्चार्ज, भोजराज त्रिपाठी अध्यक्ष र हरि थापालाई सचिवको जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी प्रदेशमा बद्री न्यौपानेलाई इन्चार्ज, परमानन्द बर्मालाई सहइन्चार्ज, विक्रम चौधरीलाई अध्यक्ष र आशा सञ्जेललाई सचिवको जिम्मेवारी तोकिएको छ । कर्णाली प्रदेशमा तिलक थापालाई इन्चार्ज, हरि बोहरालाई अध्यक्ष र सुदूरपश्चिम प्रदेशमा बद्री न्यौपानेलाई इन्चार्ज जागेश्वर बुढा क्षत्रीलाई संयोजकको जिम्मेवारी तोकिएको आजपा महासचिव साहले बताए ।

यसैगरी, किसान मोर्चाको संयोजकमा मनोजकुमार यादव राजन, आमसहकारी मोर्चाको संयोजकमा अंजित कुशवाहा, आमविद्यार्थी मोर्चाको इन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह, आमदलित मोर्चाको इन्चार्जमा रामपृत राम, सहइन्चार्जमा चन्देश्वर वैठा र रामनाथ माझी तथा ठगा दासलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस