९५ हजार नक्कली नोटसहित हेटौँडाबाट तीनजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, ०८ : ००
९५ हजार नक्कली नोटसहित हेटौँडाबाट तीनजना पक्राउ

काठमाडौ । ९५ हजार रूपैयाँ नक्कली नोटसहित प्रहरीले मकवानपुरको हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ।

रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया- १ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४० वर्षीय विजय तामाङलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो। 

उनीहरुलाई हेटौंडा उपमहानगरपालिका - १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरुलाई हिरासतमा राखेर नक्कली नोटको कारोबारको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

 

प्रतिक्रिया दिनुहोस