झापा । दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ