नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, ११ : ५७
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङ गर्ने भएको छ । बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।

नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन् ।

प्रतिक्रिया दिनुहोस