जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, ०७ : ०९
जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

काठमाडौ । उदयपुरको कटारीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। 

मोरङको विराटनगर घर भई हाल काटारी नगरपालिका- ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय दिनेश पण्डितलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो। 

स्थानीय २८ वर्षीया एक महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।