स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हाडनाता करणी मुद्दाकी एक फरार अभियुक्त एक महिलालाई पक्राउ गरेको छ।
हाडनाता करणीपछि फरार भएकी ५० वर्षीया सावित्री खड्का भनिने सावित्री सापकोटा पक्राउ परेकी हुन्।
सापकोटा स्याङ्जाको फेदिखोला गाउँपालिका- २ निवासी हुन्। उनलाई यही पुस १ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको इन्सपेक्टर सागर कार्कीले जानकारी दिए।
२५ वर्षअघि नै भएको यो घटनापछि सावित्री फरार थिइन्। यो कसुरमा जिल्ला अदालतले २०५७ साल वैशाख २१ गते उनलाई तीन महिना कैद सजाय हुने फैसला गरेको थियो।
पक्राउपछि उनलाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएर कारागा चलान गरिएको इन्सपेक्टर कार्कीले बताए।घटनापछि दुई दशकभन्दा लामो समयदेखि उनी फरार सूचीमा थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ
अपाङ्गता महिलालाई करणी गर्ने ६३ वर्षीय पुरुष प्रकाउ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ