डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १९ : २७
डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस